७ पुस २०८१, आइतबार

प्रधानमन्त्री ओलीबाट इद–उल–फित्रको शुभकामना


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ-१९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !