काठमाडौँ, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छिन् ।
आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छिन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !
— Bidya Devi Bhandari (@PresidentofNP) August 18, 2020
यो पनि पढ्नुहोस्
नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमायो : प्रधानमन्त्री ओली