काठमाडौँ, जेठ १२ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदिबहिनी दाजुभाईहरुमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् । आज इदको शुभकामना दिदै सो कुरा बताएका हुन् ।
साथै उनले विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीका कारण समुदायले मिलेर मनाउने यो पर्व मनाउने दायरा खुम्चन गएको यो संकटको घडिमा आम मुस्लिम समुदायका दिदिबहिनी दाजुभाईहरुलाई यो अदृश्य शक्ति कोरोनाले निम्ताएको संकटको सामना गर्नका लागि घरमा नै बसेर आफ्नो पर्व मनाउन पनि अपिल गरेका छन् ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन सबैलाई उनले आग्रह पनि गरेका छन् ।