२१ चैत, काठमाडौं । नेपाल आयल निगमका अनुसार खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । निगमका अनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् ।
शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ । यस्तै नेपाल ग्याँस कम्पनी अन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।
यस्तै उपत्यका सहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत दुई हजार ५७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ । साथै उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।
सम्पर्क नम्बरहरु
हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९
शुक्रबार ग्याँस वितरणहरुले डिपो र सम्पर्क नम्बरहरु