१३ बैशाख २०८१, बिहिबार

प्रथम आयुर्वेदिक अधिवेशनमा जिल्ला कार्य समिति नवलपरासी सुस्ता पूर्व


प्रथम साधारण सभा

फागुन १६, नवलपरासी सुस्ता पूर्व । आज नेपाल आयुर्वेद औषधि व्यवसायी संघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन मिति २०७६ फागुन १६ गते शुक्रबार स्थान मिड प्वाइन्ट ईन रिसोर्ट, मध्यविन्दु-८, झ्याङ्कट्टा, नवलपुरमा बस्नुका साथै उक्त अधिवेशनमा नयाँ कार्यसमिति छनौट भएको छ ।

अधिवेशनमा निम्न अनुसारको नयाँ कार्यसमिति छनौट भएको छ :

१. अध्यक्ष : गणेश आचार्य
२. उपाध्यक्ष : पार्वती कंडेल
३. सचिव : अशोक नेपाली
४. कोषाध्यक्ष : दिपक कंडेल
५. सदस्य : कुमनारायण महतो
६. सदस्य : मिना सापकोटा
७. सदस्य : विमला सापकोटा
सल्लाहकार सयोजक : डा. राम बहादुर बोहरा
सदस्य : टेक वहादुर भुजेल

आयुर्वेदिकको दिगो विकास होस् भन्ने अभिप्रायले यो नेपाल आयुर्वेद औषधि व्यवसायी संघको प्रथम अधिवेशनबाट कार्य समिति गठन गरेको देखिन्छ । बर्तमान अवस्थामा आयुर्वेदिकको विकास नभएको त होइन तर पनि यसलाई अझ परिमार्जन गर्दै लग्ने र भविष्यमा यसको विकासलाई निरन्तरता दिने उद्धेश्य राखिएको छ ।

आज नेपालमा जसरी एलोपैथिक प्रती मानिसको विश्वास बढ्दै गएको छ । त्यसरी नै आयुर्वेदिकको विकास हुनुपर्ने देखिएको छ । आजको यस अधिवेशनमा आयुर्वेदिकको विषयमा गहन छलफल गरिएको देखिन्छ ।

आजको नेपाल आयुर्वेद औषधि व्यवसायी संघको चुनाव र कार्यक्रमको केहि झलकहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !