७ जेष्ठ २०८१, सोमबार

नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण


Nepalpatra

काठमाडौँ, ३१ वैशाख । ‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही चार हजार २८८ रहेकामा एक हजार १५५ को मात्रै निजी आवास पुनःनिर्माण सकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका वरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीले नगर क्षेत्रमा नक्शा पास गराउन सजिलो नभएका कारण पुनःनिर्माणको गति सुस्त भएको बताउनुभयो । नगरपालिकाको मापदण्ड विपरीत बनेका घर, सडकको मापदण्ड विपरीत र सानो क्षेत्रफलमा बनेका घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारण निजी आवास निर्माणले गति लिन नसकेको इञ्जिनीयर गिरीले बताउनुभयो नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही एक हजार ४०५ र दोस्रो किस्ता लिने लाभग्राही एक हजार ४७७ छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !