३ फाल्गुन २०८२, आइतबार

जनचेतना नेपालद्वारा चेतनामुलक चलचित्र प्रदर्शन तथा सचेतना गोष्ठी सम्पन्न


Awarness Nepal 1 जनचेतना नेपाल

बैशाख २९, काठमाण्डौ । जनचेतना नेपाल नामक संस्थाद्वारा काठमाडौँमा दर्शकहरुलाई चेतनामुलक चलचित्र प्रदर्शन गर्नुका साथै बालबालिका, लैंगिक हिंसा विरुद्ध सचेतना गोष्ठी सम्पन्न भएको छ । उक्त चलचित्रले वालवालिकाहरुमा हुने लैगिक हिंसा रोकथाम सम्वन्धि सन्देश दिएको देखिन्छ । साथै यसै बिषयको गोष्ठिमा विभिन्न बक्ताहरुले आ-आफ्ना धारणा राख्नु भएको थियो

चलचित्र लेखक, निर्देशन परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौला, नेपाल सास्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ थापा,  महासचिव शिवशंकर रिजाल, टेलिभिजन कलाकर्मी मंचका बरिष्ठ उपाध्यक्ष श्री थापा, महासचिव उज्वल केसी, निर्माता समाजसेवी राजेस विसुराल, चलचित्र निर्देशक योगेश घिमिरे लगायत बक्ताहरुले जनचेतना नेपालले गरेका चेतनामूलक कामको प्रशंशा गर्दै सुसस्कृत समाज निर्माणमा अहम भुमिका खेलोस् भन्ने शुभकामना दिनुभयो कार्यक्रम उक्त संस्थाका अध्यक्ष बालकृष्ण निरौलाको अध्यक्षतामा भब्य र सभ्य तरिकाले सम्पन्न भएको थियो ।

Awarness Nepal


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !