१२ असार २०८१, बुधबार

‘सञ्जीत लावती बचाउ अभियान’ सञ्चालन


No photo Image

२६ वैशाख, इलाम । दुवै मिर्गौला काम नलाग्ने भएपछि इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पाका सञ्जीत लावती अस्पतालमा चार महिनादेखि अस्पतालमा छटपटाइरहेका छन् ।

एकतप्पा निवासी १० वर्षीय सञ्जीत जनकल्याण मावि कक्षा–७ मा अध्ययनरत थिए । अकास्मात् बिरामी परेपछि उनलाई मंसिर १२ गते झापाको बिर्तासिटी अस्पतालमा भर्ना गरियो । त्यहाँ उपचार गर्दा दुवै मिर्गौला काम नलाग्ने भएको थाहा भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगेर उपचार गरिरहेको उनका बुबा रोमनाथ लावती बताउनुहुन्छ ।

छोराको उपचारमा अहिलेसम्म करीब रु आठ-नौ लाख सिद्धियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन, बुबा रोमनाथले भन्नुभयो “छोराको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।”

आर्थिक अवस्था कमजोर भएको लावती परिवारलाई छोराको उपचार खर्च जुटाउन यतिबेला धौधौ परेको छ । स्थानीय समाजसेवी पञ्चबहादुर योङहाङको अध्यक्षतामा ‘सञ्जीत लावती बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियानले स्थानीयस्तरमा चन्दा संकलन समेत शुरु गरेको छ ।

अहिलेसम्म यो अभियानमा करीब रु २१ हजार संकलन भएको छ, अध्यक्ष पञ्चबहादुर योङहाङले रासससँग भन्नुभयो “अबका दिनमा यस अभियानलाई जिल्लाव्यापी र देशविदेशसम्म पु¥याउने लक्ष्य छ ।”

सञ्जीतको नियमित उपचार गरेमा सफल हुने चिकित्सकले सल्लाह दिएपछि परिवारमा आशा पलाएको रोम लावती बताउनुहुन्छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !