७ पुस २०८१, आइतबार

कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको जोखिममा


भोटखोला जाने सडक अवरुद्ध

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् । कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताउनुभयो ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताउनुभयो ।

आजभोलि लगातार वर्षा भइरहेकाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति भएपछि गाउँपालिकाले पहल गर्नुभन्दा समयमै यसको समाधान गर्नुपर्ने सिंहले बताउनुभयो । “कारङ्गा गाउँको बस्तीमाथि जताततै भिरालो र भिर भएकाले जमीन भासिएको छ र ढुङ्गा खस्ने भएको छ”, वडाध्यक्ष गुमान बुढाले भन्नुभयो ।

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरी ल्याइएको कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।

यसअघि जिल्ला अस्पतालमा तीनवटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिनुभयो । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !