१२ श्रावण २०८१, शनिबार

गोलबाद्को रहश्य


universe

ब्रम्हाण्डमा जती पनि दृश्य र अदृश्य पिण्ड हरु छन्, ति सबैले आफ्नो अस्थित्व ( stability) कायम गर्न खोजिरहेका हुन्छ्न र सो क्रममा ति पिण्डहरुले लिने आकारको बारेमा यहाँ बयान गर्न खोजिएको हो ।

atom

ब्रम्हाण्ड भनेको परमाणु हरुको संयुक्त रुपनै हो । ब्रम्हाण्डमा भएका सम्पुर्ण पिण्डहरु परमाणुहरु मिली बनेको हुन्छ। तत्वको एकैखालको सानो एकाइलाई परमाणु भनिन्छ । उक्त परमाणु गोलो आकारको हुन्छ । परमाणु परमाणु मिली बनेको अणु पनि सानो आकारमा गएर आफ्नो अस्तिव कायम गर्नको लागी गोलो आकारमा जान्छ। यि परमाणुहरुको संयुक्त रुप ब्रह्माण्डमा भएका ज्ञालेक्सी (galaxy), तारा , ग्रह उपग्रहहरु पनि गोलो आकारमै रहन्छ्न ।

 Animal cell

हामी रहेको ग्रह पृथ्वी पनि गोलोनै छ र यहाँ रहेका अनगिन्ती बस्तुहरु प्राय गोलो वा डोलो आकारका छन । जनावर बनस्पतीको शरिरको कार्यमुलक र संरचमात्म एकाइ कोष पनि गोलो आकारकै हुन्छ। बनस्पतीको फेद, पात, हागा, कोपिला, फुल र फल सबैनै गोलो वा डोलो आकारकै हुन्छ । जनावरहरुको शरिरलाई नियाल्ने हो भने रक्त कण, रक्त नली, ग्रन्थी, विभिन्न अङ्गहरु जस्तै टाउको, आँखा, मुख, हात, खुट्टा, घाँटी, अन्डकोष, योनाङग, शरिरका द्वारहरु आदी सबै गोलो वा डोलो आकारमै रहेका हुन्छ्न ।

ठोस पदार्थ जस्तै ढुङा , सम्पुर्ण तरल पदार्थको थोपापनि प्राय गोलो आकारमै हामी पाउछौ। नदी बग्दा पनि जमिनलाई गोलो आकारमै काटेर बग्दछ । पहाडका टुप्पाहरु पनि गोलो आकारमै रहेका छन ।

water drop

मानिशको बच्चाले पनि चेप्टो र अन्य आकार भन्दा गोलो आकारकै खेलौना जस्तै बल मन पराउछ । हामीले देवनागरि वा अंग्रेजी अक्षरहरुलाई हेर्ने हो भने प्राय अक्षर गोलो आकारकै हुन्छन । हामिले प्रयोग गर्ने भौतिक सामाग्रीहरु जस्तै तार्, हवाइ जहाज्, गाडी, मोटर साइकल, साइकल आदी को पाग्रा, भन्छामा प्रयोग गरिने सामाग्रीहरु थाल, गिलास्, कप, बोतल चम्चा आदी पनि गोलो र डोलो आकार कै हुन्छ ।

यसरि ब्रह्माण्डमा भएका प्राय पिन्डहरुले सकेसम्म कम ठाँउ (space)ओगट्दै गोलो आकारमा रही आफ्नो अस्तित्व कायम गरीरहेका हुन्छ्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !