८ बैशाख २०८१, शनिबार

चन्द्रमाका अद्भूत रहस्यहरु यस्ता छन्


earth-moon earth-moon
Arun-Devkota
-अरुण देवकोटा

१. चन्द्रमाको सतहको लगभग ४५% भू-भाग पृथ्वीबाट स्थायी रूपमा लुप्त छ। उक्त भू-भाग पृथ्वीबाट देखिने भू-भाग भन्दा अधिक रूपमा अनियमित छ। थुप्रै छुद्र-ग्रह यो भू-भागबाट विकर्षित हुँदै आएका छन्। मानवजाती लगायतका जीवहरु यस कारणले सुरक्षित हुँदै आएका छन्।

२. एक अध्ययन अनुसार चन्द्रमा पृथ्वीबाट उत्पत्ति भएको हो। परापूर्वकालमा कुनै एक आकाशिय पिण्डले पृथ्वीलाई हिर्काएको थियो र ठूलो परिमाणको पदार्थ पृथ्वीबाट चोइटिएको थियो । यही नै चन्द्रमाको ठूलो आकार, नगण्य फलाम मात्रा र पदार्थिय संरचना बयान गर्न सकिने कारण हो ।

३. चन्द्रमा पृथ्वीबाट प्रत्येक वर्ष ३ दसमलब ८ सेन्टिमिटर पर भागिरहेको छ। यसले सामुद्रिक छालमा परिवर्तन ल्याउँछ र पृथ्वीको परिक्रमा घटाउँछ, जसले गर्दा पृथ्वीको आकार परिवर्तित हुन्छ । यस्तो आकारको परिवर्तनले पृथ्वीको टेक्टोनिक प्लेटलाई क्रियाशिल बनाउँछ र महादेशहरु चलायमान हुन्छन् ।

४. जैविक जीवनमा पनि चन्द्रमाको असर देखिन्छ। उदाहरणको लागि midge Clunio को प्रजाति पृथ्वीको सामुद्रिक किनारातिर पाईन्छ। यो प्रजाति ६ देखी १२ हप्तासम्म लार्भा अवस्थामा रहन्छ। त्यसपछी केवल १ देखी २ घण्टा मात्र प्रौढ अवस्थामा उढ्ने कीटको रूपमा बाँच्छ र यही समयमा प्रजनन् गर्दछ। तर प्रजनन् को लागि हल्का मात्र छाल हुनुपर्छ ।
सन् १९९५ मा Dietrich Neumann ले पत्ता लगाए कि लार्भाका दुईओटा प्राकृतिक घडी हुन्छन्:Circadian र Circa lunar, जसले गर्दा प्रजनन् सम्भव हुन्छ। उनले सिद्ध गरे कि Circa lunar घडी रात्रीकालिन चन्द्रमाको चहकिलोपनसँग तादात्म्य राख्छ अर्थात् लार्भाले रात्रीकालिन् चन्द्रमालाई ठीकसँग नियाल्छ र कती बेला कोरल्ने भनेर निर्णय गर्दछ। यो  प्रजाति पृथ्वीको सबैभन्दा सानो खगोलबिद् हो ।

midge Clunio
midge Clunio

५. महिलाको मासिक धर्मलाई पनि चन्द्रमाको यही असरसँग जोड्न सकिन्छ भन्ने मत बैज्ञानिकहरुको रहेको छ ।

६ चन्द्रमाकै कारण पृथ्वीको अक्ष नियन्त्रित हुन्छ र सुर्यलाई पृथ्वीले निश्चित रुपमा घुम्दछ । यसकारणले पृथ्वीमा दिन र रात नियमित छन् । नत्र अनियमित रुपमा मौसम परिवर्तन हुन्थ्यो र पृथ्वीमा जीवनको क्रमिक विकाश असम्भवप्राय: हुन्थ्यो ।

७ चन्द्रमाबिना पृथ्वी निकै तिब्रगतिमा घुम्थ्यो जसले गर्दा जीवन अहिलेको अवस्थामा हुने थिएन ।

८ कतिपय बैज्ञानिकहरु पृथ्वीमा नियमित काल खण्डमा दोहोरिने बरफ युगको कारक तत्व चन्द्रमा हो भन्ने कुरामा सहमत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !