१३ बैशाख २०८१, बिहिबार

यस्ता छन् दाह्रीजुँगा पाल्नुका बैज्ञानिक फाइदाहरु


दाह्रीजुँगा

हाम्रा पुर्खा र ऋषिमुनिले त्यसै दाह्री पालेका होइन रहेछ । दाह्रीजुँगा बढेको छ र काट्न लाग्नु भएको छ भने एक पटक सोच्नुहोस् । हाई पर्सनालिटीका लागि पनि दाह्रीजुँगा फालेर चिटिक्क पर्नुपर्ने धेरैको बुझाइ छ। दाह्रीजुँगा नखौरिनुलाई अल्छीपनको संज्ञा पनि दिने गरिन्छ । तर, दाह्री पाल्दाका केही महत्त्वपूर्ण फाइदा छन्, जे दाह्री काट्नेले गुमाई रहेका छन् । दाह्रीजुँगा पाल्ने पुरुषलाई प्रोत्साहन गर्न र दाह्री पाल्नुका फाइदाबारे बखान गर्न विश्वमा हरेक वर्ष विश्व दाह्री दिवस समेत मनाइन्छ । दाह्रीलाई पुरुषत्वको परिचायक पनि भनिन्छ ।

दाह्रीजुँगा पाल्नुका बैज्ञानिक फाइदाहरु यस प्रकार छन् ।

१.  छालाको क्यान्सर रोक्छ

रिसर्चबाट यो प्रमाणित भएको छ कि सूर्यबाट निस्किने हानिकारक ‘युबी’ किरणको नोक्सानीलाई दाह्रीले रोकिदिन्छ । मानव शरीरमा निकै नोक्सान पुर्‍याउने यो किरणले क्यान्सरसमेत निम्त्याउन सक्छ । दाह्रीले यो हानिकारक किरणलाई ९५ प्रतिशतसम्म रोक्न सक्छ ।

२. एलर्जी हुन दिँदैन

कतिपय व्यक्तिलाई दाह्री खौरेपछि छाला चिलाउने, बिबिरा आउने र पछि घाउकै रूप लिई ठूलो समस्या जन्मिने हुन्छ । तर, दाह्री पाल्ने पुरुष छालाको एलर्जी सम्बन्धी समस्याबाट टाढै रहन्छन् ।

३. दागधब्बा  इन्फेक्सनबाट टाढा

दाह्री खौरिँदा कहिलेकाहीँ छालासमेत काटिने र अनुहारमा दाग–धब्बा बन्ने गर्छ । कहिले त काटिएको ठाउँमा इन्फेक्सन भएर ठूलै समस्या निम्तिने गर्छ । दाह्री पाल्ने व्यक्ति यो समस्याबाट टाढै रहन पाउँछ ।

४. नेचुरल मोस्चराइजर

अनुहारको छालाको चमक जोगाइराख्न कतिपय पुरुषहरू विभिन्न ब्रान्डका सनस्क्रिन क्रिम प्रयोग गर्ने गर्छन् । छाला बिग्रिएको तनाव कम गर्न मोस्चराइजर क्रिम लगाउँछन् । तर, दाह्री नै एक मात्र नेचुरल मोस्चराइजर हो, जसले अनुहारको छाला स्वस्थ राख्न मद्दत गर्छ ।

५. ठन्डीमा न्यानोगर्मीमा शितल

दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने मात्र होइन गर्मी मौसममा दाह्री पलाएको अनुहार हुनुको फाइदा बेग्लै हुन्छ । दाह्रीवाल अनुहार पानीले धोएर हिँड्दा बढि शितल अनुभूति हुन्छ, जबकी दाह्री काटेकाहरुको अनुहारको छाला भने सिधै सूर्यको किरणको प्रकोपमा पर्ने हुँदा ओइलाउँछ ।

६. यौनाकर्षण 

महिलाहरु दाह्री पालेको पुरुषप्रति बढि यौनाकषिर्त हुने विभिन्न खाले अध्ययनले देखाएका छन् ।

यो पनि पढ्नुहोस्  

टुप्पी पाल्नुको बैज्ञानिक कारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !