७ बैशाख २०८१, शुक्रबार

जान्नुहोस् ! यस्ता छन् महिनावारी हुँदा बार्नु पर्ने वैज्ञानिक कारणहरु


महिनावारी

हिन्दू धर्म संस्कृतिले केवल गलत नगर मात्र भन्न खोजेको देखिएको छ । कुनै पनि काम गर्दा भविष्यमा कसैलाई दु:खको सामाना गर्नुपर्ने हुनसक्छ भनेको रहेछ किनकि त्यति बेला रोगको बारेमा जानकारी नहुनाले त्यो समयमा गर्भ रहदा अपांग, लुलो, लंगडो सन्तान नहोस् भनेर यो नियम लागु गरेको देखिन्छ ।

आज समाजमा महिनावारी हुँदा बार्ने प्रचलन धर्म संस्कृतिले कुनै विकृति नहोस् भन्न खोजेको मात्र देखिएको छ । आखिर किन बार्ने भन्ने कुरा हरेकले जान्न आवश्यक छ । २१ औं शताब्दी यता आउदा पनि यसको वैज्ञानिक कारणले स्थान पाउन सकेको छैन् ।

बास्तबमा महिनावारी भनेको सन्तान उत्पादन गर्न सक्षम भइसकेको संकेत मात्र हो । हरेक महिना एउटा असक्षम डिम्ब महिनावारीको रूपमा निस्कासन भएको हुन्छ । यतिबेला महिनावारीको रूपमा फोहोर रगत बाहिर गएको हुन्छ ।

धर्म संस्कृतिले यो समयमा नबार्दा सम्पर्कमा आएमा अगतिलो सन्तान जन्मने खतरा भएकाले बार्नुपर्छ भनेर बार्ने चलन भएको केहिको मान्यता छ तर यो कुराको खण्डन अहिले आएर वैज्ञानिकहरूले यसरी गरेका छन् ।

महिनारीको समयमा सम्पर्कमा आएमा सिफिलिस (भिरिङ्गि), गोनोरिया (धातु रोग) जस्ता अनेकौं यौन रोग लाग्न सक्ने भनेको छ । महिवारी हुँदा कम्तीमा ५ दिन सफाइमा रहनुपर्छ मात्र भनेको छ । यो समयमा छुनु हुदैन भन्नु सरासर गलत हो । त्यही डिम्बको साहेताले बसेको सन्तान प्यारो हुने रे तर आन्तरिक कारणबाट गर्भधारण नभएर खेर गएकोलाई बार्नुपर्ने रे कस्तो बुझाई छ ।

हाम्रो समाजमा यसलाई त झन सम्मान गर्नुपर्छ । फोहर ठाउमा सुत्दा इन्फेक्सन हुने खतरा भएकाले सवै परिवारसंगै बस्दा पनि खासै केही नहुने तर सम्पर्कमा भने नआउदा स्वास्थ्य लाभ हुने भनिएको छ । मेरो कुरा गर्नुपर्दा म त मेरो श्रीमतीलाई संगै सुताउछु किनकि यसले स्वास्थ्यमा बेफाइदा गर्दैन ।

समय साक्षेप चल्नु राम्रो हो । परिवार पन्छिएको भन्दै चिसोमा सुताउदा भोली रोग लागेर कमजोर हुने र अनेक प्रकारको स्वास्थ्य समस्या देखिने हुनाले । यो समयमा केवल सन्तान नरहेको कारणले भएको रजस्वला भनेर बुझ्न आवश्यक ठान्दछु । आज यो अवधिलाई बार्ने चलनले गर्दा ठूलो रोग लागेर अनेकौं समस्या भोग्नु परेको थुप्रै उदाहरण दिन सकिन्छ ।

हिन्दू धर्म संस्कृतिले वलि प्रथा र महिनावारी हुँदा झाउपडिमा राख्नुपर्छ भनेर कुनै पनि ग्रन्थमा उल्लेख गरेको पाइदैन तर केही व्यक्तिहरूले मनगणन्ते काहानी पेस गरेको देखिएको छ । वलिपर्था भनेको केवल खानको लागि गरेको पाइन्छ भने महिलामाथि महिनाबारी हुँदा बार्नुपर्छ भनेर अन्याय गरेको देखिएको छ ।

अहिले आएर हिन्दू धर्मलाई गलत भन्दैछन् यो नितान्त गलत छ । धर्म संस्कृतिले केवल रोग नलागोस् भन्न खोजेको मात्र देखिएको छ । रोग लागेमा पिडा परिवारलाई हुने हो त्यति बेला मन नपरेको श्रीमतीलाई झाउपडिमा राखेर सजाय दिएको देखिएको छ । समय साक्षेप परिवर्तन गर्दै जानु नै आजको आवश्याकता हो भन्ने हामीलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !