३० कार्तिक २०८१, शुक्रबार

कलियुगको प्रभाव नेपालबाट शुरू हुदैछ


कलियुग_कलि

डा. राम बहादुर बोहराधर्मशास्त्रमा कहिले गलत लेखिएको हुदैन । धर्मशास्त्रका अनुसार ब्रह्माण्डमा ४ युग रहेका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्दछन् । हिन्दू धर्म शास्त्रका अनुसार ४ मध्येको अन्तिम युग भनेको कलियुग हो ।

यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलियुग हो । कलियुगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको सिर्जना हुने विश्वास गरिएको छ ।

कलियुग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । सत्य युग ४ चरणमा रहेको थियो जसको आयू अनुमानित १७ लाख २८ हजार वर्षको रहेको शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा प्रकट्ट हुने कुरा विष्णु पुराणमा उल्लेख गरिएको छ । विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनिएको छ। कल्की अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ ।

यो अवतार ६४ औं कला युक्त हुनेछ । कल्की पुराणको अनुसार, विष्णुको अवतार कल्कीले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापीहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ । त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।

विनास काले विपरीत बुद्धि मनुष्यमा हुने र गलतमाथि गलत गर्दै जाने राम्रो गर्नुपर्ने ठाउँमा सवै उल्टो गर्दै जानेछन् भनेको छ । स्त्रीहरू कामुक हुनेछन् पुरूषलाई बशमा राख्नेछन् ।

छिमेकी छिमेकी बिच झगडा सुरू हुनेछ । विश्वयुद्ध आणविक हतियार नभई जैविक हतियार प्रयोग हुनेछ । कलिमा भगवानप्रति वितृष्णा पैदा हुनेछ । मनुष्यले म भन्दा ठूलो भगवानको भन्दै प्रकृतिको उपहास गर्दै जानेछन् । मठ मंदिर सवै मास्ने छन् । यसैको परिणाम स्वरूप देशमा असान्ति मचिदै जानेछ ।

शक्ति सालि राष्ट्रले कमजोर राष्ट्रलाई झन झन कमजोर बनाउदै जानेछन् । मानिसले मानिस कै मासु खानेछन् । यसरी कलि समाप्त भई सत्य युगको प्रारम्भ हुनेछ । भगवानको नाम जप्न थालिनेछ । देशमा मठ मन्दिर स्थापना हुदै जानेछन् । भगवान जसले जुनसुकै रूपमा पुजे पनि एउटै हुनेछन् । इति सम्बत २०७७ साल जेष्ट १४ गते शुभम् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !