८ पुस २०८१, सोमबार

भगवान् श्रीकृष्ण किन सधैं जवान रहिरहे ? यस्तो छ रहस्य


भगवान् श्रीकृष्ण

काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी पर्व । विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक धुमधामका साथ यो पर्व मनाउने गर्दछन् ।

द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्णअष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । सोही दिनको सम्झनामा हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउँछ । गीता उपदेशमा श्रीकृष्णले राजयोग, कर्मयोग, भक्तियोग र ज्ञानयोग जस्ता विभिन्न योगमार्गहरूको महत्व र अभ्यासबारे विस्तृत वर्णन गरेका छन् ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका भगवान् श्रीकृष्ण सधैं जवान रहिरहे । तपाईले भगवान् कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरूमा उनको स्वरुप बृद्ध देख्नुभएको छैन ।

भगवान् कृष्ण कहिल्यै बुढो भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । आखिर किन भगवान् श्रीकृष्ण कहिल्यै वृद्ध देखिएनन् ? भन्ने बारेमा जान्ने प्रयास गरौँ ।

भनिन्छ भगवान् श्रीकृष्ण महाभारत युद्धको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिँदा उनको उमेर ९० वर्ष पुगेको थियो । महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसके तापनि युद्धका दौरान उनी जवान देखिन्थे ।

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ किनभने उनी सर्वाकर्षक हुन् । भनिन्छ कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ । जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, त्यो परम पुरुषोत्तम भगवान हो । लोककथा अनुसार भगवान् श्रीकृष्णले ११९ वर्षको उमेरमा पनि जवान थिए ।

यससम्वन्धी थप भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !