२१ बैशाख २०८१, शुक्रबार

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज गरिँदै


राम मन्दिर

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज गरिँदै छ । भारतको अयोध्यामा आज नयाँ राम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएको हो ।

नयाँ मन्दिरमा आज भगवान् रामको अभिषेक गरिने भएको छ भने उक्त समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् ।

यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल हुने छन् ।

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ । भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । आज साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !