![हाेली पर्व](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Holi-in-Tarai_Mithila-Pradesh.jpg?fit=1024%2C539&ssl=1)
काठमाडौँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ भने हिजो सोमबार काठमाडौँ उपत्यका लगायत पहाडी र हिमाली जिल्लामा पनि सोमबार बिदा दिएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।