राष्ट्रपतिद्वारा मुक्तिनाथमा बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास Nepalpatra राष्ट्रपतिद्वारा मुक्तिनाथमा बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास
१८ मंसिर २०७९, आइतबार

राष्ट्रपतिद्वारा मुक्तिनाथमा बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास


राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथ

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन् । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथराष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथराष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !