१३ आश्विन २०८१, आइतबार

संसारीमाई महापूजा आजवाट सुरु


sansarimai

१६ वैशाख, काठमाण्डौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजवाट शुरुवाट भएको छ । छ दिने यो महापूजाको आज पहिलो दिन संसारीमाईको मन्दिर (गहवर)को विशेष सरसफाइ गरी शुरु गरिएको हो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरको प्रत्येक भागको सरसफाइसमेत गरिएको छ । महापूजाको दोस्रो दिन सोमबार कलश शोभायात्रा, मंगलबार लखराम पूजा र हनुमान आराधना, बुधबार अस्टजाम, बिहीबार विडी सलामी हुने कार्यक्रम रहेको पूजा समितिका अध्यक्ष अनिलकुमार झाले जानकारी दिए ।

महापूजाको अन्तिम दिन अर्थात् मुख्य दिन आउँदो शुक्रबार वैशाख २१ गतेका दिन बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म खोइछ भराइ कार्यक्रम हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि संसारीमातालाई बलि प्रदान गर्ने कार्यक्रम छ । यस पूजामा जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य रुपमा बलि दिइने तथा अन्य विभिन्न गाउँठाउँ, विभिन्न जिल्ला र भारतबाट समेत यस महापूजामा बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगालगायत करीब १० हजार बलि दिने समितिले जनाइएको छ ।

महापूजामा किरब पाँच लाख श्रद्धालुले मेला भर्न आउने अनुमान गरिएको समितिका अध्यक्ष झाले बताए । अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती छ तर यो पूजा कहिले र कसले शुरु गरेको भन्ने बारेमा कसैलाई थाहा छैन ।

पहिला–पहिला प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो । त्यसपछि सात वर्ष र विगत दुई वटा महापूजा पाँच÷पाँच वर्षको अन्तरालमा भएको थियो । त्यस्तै पाँच वर्षको अन्तरालमा हुने यो महापूजा तेस्रो रहेको समितिका अध्यक्ष झाले बताए । महापूजाका लागि पूरै जलेश्वरलाई दुलहीझैँ सिंगारिएको छ भने यो महापूजामा रु ३५ देखि ४० लाख खर्च हुने अनुमान गरिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !