काठमाडौं, असोज २३ । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भिडभाडमा गएर दशैंका सपिङ नगर्न र पुरानै कपडा लगाएर दसैं मनाउन सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको आग्रह गरेका हुन् ।
कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले दशैंमा भिडभाडमा सपिंङ नगर्न आग्रह गरेका हुन् । घरमा भएका पुरान लुगा लगाएर यसपालीको दशैं मनाउन उनले सुझाव दिएका हुन् ।
उनका अनुसार यसपाली दसैं संयमित भई, भिडभाडमा सपिंङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पुजा आज गरि, घरमा नै बनाएको खाना खाएर घरकै परिवारमा मात्र बसेर मनाऔं, आफू र आफ्नो परिवारलाई संक्रमित हुनबाट बचाऔँ भनेर सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
नेपाल सरकारले कोरोना महामारीका कारण यो दशैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ । पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तीब्र रुपमा संक्रमित थपिएका छन् ।