१२ असार २०८१, बुधबार

यसपालिको दशैंमा बुढापाकाबाट टीका नलगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध


दशैंमा टीका

काठमाडौँ, असोज २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दशैंमा बुढापाकाबाट टिका नलगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको आग्रह गरेका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार बुढापाकासँग टीका लगाउने क्रममा कोरोना संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको बताएका हुन् । उनले यसपालिको दशैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरे । साथै, ठूलो भीडभाड गरेर टीका लगाउने वा खाने काम पनि नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रवक्ता गौतमले यो दसैंमा धेरै भीडभाड गरेर किनमेल नगर्न भन्दै पुरानै लुगा लगाएर घरका सदस्यबीच मात्र दसैं मनाउनुपर्नेमा जोड दिए । सरकारले दसैंमा उपत्यकाबाट बाहिरिने व्यक्तिबाट परिवार, छरछिमेक र गाउँमै संक्रमण फैलिने जोखिम रहेको बताउँदै आएको छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !