१२ असार २०८१, बुधबार

भगवान मठ मन्दिरमा होइन हुनुहुन्छ अन्तर हृदयमा 


सोमबार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भगवान हामी खोज्दै हिड्छौं तर प्राप्त गर्न सकि रहेका हुदैनौं । यसको मुल रहस्य भनेको भगवान नत मन्दिरमा हुनुहुन्छ नत मस्जित हुनुहुन्छ नत चर्चमा, यदि हुनुहुन्छ भने अन्तर हृदयमा हुनुहुन्छ । भगवानप्रति विम्व भनेकै मानिस हो । यदि मानिस नभएको भए यो धर्तीमा मानवको आगमन हुने थिएन ।

आज भगवान मठ मन्दिर हुनुहुन्छ भन्दै मन्दिरको नाममा राजनीति खेल्ने एउटा माध्यम बनाइएको छ। हामी मन्दिर जान्छौं केवल आत्माको शान्ति प्राप्त होस् भनेर जान्छौं । विश्वास जहाँ छ त्यहाँ भगवान हुनुहुन्छ भन्ने धेरैको मत छ । मत के भन्छु भने भगवानद्वारा रचित आदि मानव नै भगवानको अवतार हो ।

राम हुन या विस्नु हुन या जुनसुकै भगवान किन नहोउन यी सवै मान्छे हुन् । मान्छे त्यस्तो प्राणी हो जसलाई भगवानले दुईवटा ब्रेन दिनुभएको छ । मान्छेले चाहेमा चमत्कार देखाउन सक्छ । हिजोका मान्छेले दुवै ब्रेन चलाउने गर्दथे भने आज सीमित मानवले मात्र चलाउने गरेको पाइन्छ ।

हिजो रथमा मान्छे हिड्दथे भने आज हवाई जहाजमा हिड्ने गरेका छौं । हिजो मन्त्रमा शक्ति थियो भने आज शिक्षामा शक्ति छ । शिक्षा त्यस्तो हतियार हो जसले जे पनि गर्न सक्छ । भगवान त्यो हो जो सर्वशक्तिमान छ । नर्क र स्वर्ग यही छ ।

जसले सहि तरिकाले सम्पत्ति जोडेको हुन्छ त्यो नै स्वर्ग हो जसले गलत तरिकाबाट दुनियाँलाई रूवाएर सम्पत्ति जोडेको छ त्यो स्वर्ग भईकन पनि नर्क समान हुन्छ । जब हामीले गलत गर्दै जान्छौं त्यति बेला अन्तरआत्माले यो गलत हो यसले फाइदा हुदैन भन्ने रहेको हुन्छ ।

तर अर्काको भनाईमा लागेर हामीले गलत गरेका हुन्छौं भने उसको मनले कदापी सुख दिएको हुदैन । आज एउटा गरीवको घरमा गएर हामी हेर्न सक्छौं जहाँ उसलाई एक छाक खान र मिठो निन्द्रा बाहेक केहि रहेको हुदैन । अब हामी यता लागौं एउटा धनी व्यक्तिलाई निन्द्रा लागेको हुदैन उसलाई सम्पतिको माया हुन्छ । उसले गलत तरिकाले आर्जेको हुन्छ ।

उसको मनमा पनि गलत विचारले डेरा जमाएको हुन्छ । उसलाई डर हुन्छ कहि म भन्दा फटाहाले लुट्छ भन्ने डर बनेको हुन्छ । त्यही भएर उसले निन्द्रा लाग्ने औषधि खाएर सुतेको हुन्छ । यो भनेकै नर्क हो । भगवानले गलत गर कदापि भन्नुहुन्न तर तपाइँको अन्तर हृदयबाट यो आवाज आफै निस्कन्छ ।

अब गहिरिएर सोच्नुहोस् भगवान मन्दिरमा हुनुहुन्छ कि तपाईंको अन्तर हृदयमा । हामीले जस्तो क्रम गर्छौं त्यस्तै प्रकारको सन्तान जन्माउछौं । जाँड रक्सी खाएको व्यक्तिबाट जन्मेको सन्तान कमजोर मस्तिकको र कमजोर बुद्धिको सन्तान पाउनेछौं र रोगी पनि । हामीले राम्रो फलको आशा गर्छौं भने राम्रो प्रकृतिको सन्तान पाउन सक्छौं ।

मान्छे धनी भाग्य र भगवानको आशिर्वादले होइन नकी पूर्वजन्मको फल हो यो त यो जन्ममा गरेको मेहनत र लगनको परिणाम हो । भगवानले अन्तर हृदयवाटै निर्देशन दिनुहु्न्छ सुन्न र प्रयोगमा ल्याउन सक्ने खुबी आफुमा हुनुपर्छ । दिनपछि रात हुन्छ त्यस्तै हरेकलाई एउटा समय दिइएको हुन्छ त्यो समयमा हामीले मेहनत गरेको खण्डमा हामीले चाहेको सपना पुरा गर्न सक्नेछौं ।

साक्षात शिवको मुर्तिको नजीक शिवलिङ्ग किन आवश्यक छ । गहिरिएर सोच्नुहोस् लिङ्ग भनेको अग्नी हो स्त्री भनेका पानी हुन् जब आगो पानीको नजीक पुग्छ त्यतिबेला सान्त हुन्छ । पुरूष र महिलाको जब भेट हुन्छ तब त्यो अग्नि शान्त हुन्छ । त्यसैले गलत नहोस् भनेर शिवले दुई आत्माको पवित्र मिलन होस् भनेर शिवलिङ्गको स्थापना गरिएको हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !