१२ आश्विन २०८१, शनिबार

मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले लोकतन्त्रकै खिल्ली उडाएः अध्यक्ष ओली


असोज २९, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमै मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् । आइतबार आफ्नै निवास भक्तपुरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरित भएको टिप्पणी गरे ।

चुनावको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदासमेत कतैबाट बिरोध नभएको देख्दा आश्चर्य लागेको उनको भनाइ थियो । अध्यक्ष ओलीले सरकारले जस्तोसुकै हथकन्डा अपनाए पनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।

अध्यक्ष ओलीले वाम गठबन्धनपछि केही शक्ति छाँयामा पर्ने डरले रन्थनिएको जिकिर गरे । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने निर्वतमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई स्वागत गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !