१३ आश्विन २०८१, आइतबार

काठमाडौं क्षेत्र नं ६ मा काँग्रेसवाट रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस


भीमसेनदास प्रधान भीमसेनदास प्रधान

असोज २६, काठमाडौं । प्रनिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेस काठमाडौंका पूर्व सभापति समेत रहेका रक्षामन्त्री भीमसेनदास प्रधानको नाम अधिकांस वडा समितिहरुबाट पहिलो नम्बरमा सिफारिस भएको छ । प्रधान नै नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति भएको बेला संविधानसभा निर्वाचनमा १० मध्ये ८ स्थानमा नेपाली काँग्रेसले जित हात पारेको थियो ।

प्रधान नेपाली काँग्रेसमा बौद्धिक र भद्र नेताको रूपमा चिनिनुहुन्छ । शान्त र सालिन स्वभावका प्रधानको व्यक्तित्वकै कारण जुनसुकै दलसँग आस्था राख्ने मतदाताहरुले रुचाउँदै आएका छन । काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ । प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आउनु भएका प्रधान नेपाल प्राध्यापक संघको पूर्व सभापति समेत हुनुहुन्छ । ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने धारणा राखेर जनताको मन जित्ने काम गर्नु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकाका ८ वटा वडा, टोखा नगरपालिकाको ५ वटा वडा, काठमाडौं महाँनगरपालिकाको २६ वडा अन्तर्गत ठमेल सामाखुसी क्षेत्र, २७ वडा अन्तर्गत असन क्षेत्र र २८ वडाको बागबजार पुतलीसडक क्षेत्र पर्छ । सो स्थानबाट समेत प्रधान प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिसमा पर्नु भएको छ । काठमाडौं क्षेत्र नम्बर ६ का मतदाता रहेका प्रधानको नाम २७ वडाको असन क्षेत्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !