५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड, बाबुराम, देउवा र गगन थापामाथि छानविन गर्न भन्दै बास्कोटाले दिए यस्तो चेतावनी !


गोकुल बास्कोटा

१४ जेठ, काठमाडौं । नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र गगन थापामाथि छानविन गर्नुपर्ने बताएका छन् ।

एक अनलाइनसंग कुरा गर्दै बास्कोटाले आफूमाथि लगाएको ७० करोडको आरोप झुटो हो भन्दै यदि छानविन गर्ने नै भए प्रचण्ड, भट्टराईलगायत नेतामाथि पनि छानविन गरौं भन्दै चेतावनी दिएका छन् ।

बास्कोटाले भनेका छन्, “अध्यक्ष पुष्पकमल दाहाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र गगन थापामाथि छानविन गरौं त । किन म माथि मात्र ? म दोषी भए म सजाय भोग्न तयार छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !