७ मंसिर २०८१, शुक्रबार

भौगोलिक अखण्डता र सीमा रक्षाको विषयमा दलहरू एक हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


Dr. Baburam Bhattarai डा. बाबुराम भट्टराई

१३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भौगोलिक अखण्डता र सीमा रक्षाको विषयमा दलहरू एक हुनुपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा बसेको सर्वदलीय बैठक गहन छलफलमा भाग लिएका भट्टराईले आफूले उक्त बैठकमा दिएको सुझाव सामाजिक संजालमा राखेका छन् ।

उनले लेखेका छन्, ”भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलहरू वीच कुनै मतभिन्नता छैन र हुनुहुन्न । संविधान संशोधन बहुमतबाट हैन सर्वसम्मतिबाट पारित गर्नुपर्छ ।” साथै प्रधानमन्त्रीकै दावी अनुसार आगामी ३ बर्ष सरकारको नेतृत्व ओलीले नै गर्नुहुन्छ र भारतसंग वार्ताको नेतृत्व पनि गर्नुहुन्छ । वार्तामा आफ्नो हात माथि पार्न उहाँले संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउनुपर्छ ।”

साथै संविधान जारी हुने वेलादेखि नै असहमति राख्दै आएका मधेसी, थारू, आदिवासी जनजाति लगायत सबैको विश्वास जित्नुपर्छ । रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउनुपर्ने पनि बताएका छन् । प्रधानमन्त्री निकटका मान्छेले विपक्षीलाई जिउँदै ‘श्रद्धान्जली’ भन्ने जस्तो उदण्ड हर्कत रोकेर दलहरूवीच सौहार्द्रपूर्ण वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् । संविधान संशोधनलाई सर्वसम्मतिबाट पारित गर्न सबै इच्छुक र तत्पर रहेको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !