१७ असार २०८१, सोमबार

भारतवाट आएको कोरोना भाइरस कडा : प्रधानमन्त्री ओली


kp-oli

६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतवाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड-१९) भएको बताएका छन् । आज संघीय संसदमा सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको बारेमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताएका छन् ।

यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको पनि उनले बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे । प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसदमा सम्बोधन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !