१२ आश्विन २०८१, शनिबार

ओलीले भिम रावललाई पार्टीवाट निकाली दिन्छन् : राजनीतिक विश्लेषक डा. केसी


डा. सुरेन्द्र केसी

काठमाडौं, २ जेठ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपाका नेता भिम रावललाई एकदिन पार्टीवाट निकाली दिने संकेत दिएका छन् । एक टेलिभिजनको अन्तर्वार्तामा बोल्दै डा. केसीले सिमा विवादको प्रसङ्गमा नेता रावललाई जोड्दै उनलाई एकदिन पार्टीवाट निकाली दिन सक्ने बताएका छन् ।

पछिल्लो समय नेता रावल प्रधानमन्त्री ओलीको आलोचना गर्दै र सरकारका कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । त्यसैले गर्दा पनि नेकपा भित्रका नेता रावल एकले मात्र पार्टी अध्यक्षको आलोचना गरेकोले ओलीले निकाली दिन सक्ने डा. केसीले बताएका हुन् ।

डा. केसीले कुनै पक्षवाद नगरिकन सरकार र पार्टीका कामप्रति आलोचना गर्दै आएकोले नेता रावललाई पार्टीले कारवाही गर्न सक्ने बताएका हुन् । डा. केसीले पनि सरकारका कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !