१२ असार २०८१, बुधबार

एमाले कास्की उम्मेदवार छान्दै , क्षेत्र न २ बाट रबिन्द्र अधिकारी र क्षेत्र न १ बाट खगराज अधिकारी सर्बसम्मत सिफारिस


असोज १९, पोखरा | प्रतिनिधि सभा निर्बाचनको लागि नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ बाट रबिन्द्र अधिकारी सर्बसम्मत सिफारिस भएका छन । सम्सद्को बिकाश समितिका सभापती समेत रहेका साम्सद अधिकारी बिहिबार सम्पन्न नेकपा एमाले क्षेत्र न २ को बैठक बाट सर्बसम्मत उम्मेदवार चयन भएका हुन। त्यस्तै सो क्षेत्र बाट प्रदेश सभामा नेकपा एमालेको तर्फबाट कास्की निर्बाचन क्षेत्र न २” क ” मा कृष्ण थापा ,धनराज आचार्य ,हिरा गिरि सिफारिस भएका छन भने प्रदेश सभा नेकपा एमाले कास्की निर्बाचन क्षेत्र न २ ” ख” बाट प्रभा कोइराला ,सन्जिब बहादुर कोइराला ,दान बहादुर बानिया परेका छन।

त्यसै गरि यसअघि कास्किको क्षेत्र न १ बाट प्रतिनिधि सभा को लागि पुर्ब मन्त्री खगराज अधिकारी र ३ न क्षेत्र बाट जगत बि क ,जगन्नाथ बास्तोला र उमा कोइराला सिफारिस भएका छन । कास्किको क्षेत्र न १ “क” बाट प्रदेश सभाको लागि दिलिप न्यौपाने ,टिकाराम पगेनी र सरिता कुमाल रहेका छन।

प्रदेश सभा कास्की क्षेत्र न ३”क “बाट नारायण बास्तोला,दल बहादुर गुरुङ र सरस्वती अधिकारी छन भने प्रदेश सभा कास्की क्षेत्र न ३ “ख “बाट राजिब पाहारी ,दामोदर बैरागी र देबका पाहारी रहेका छन। कास्की एमालेले छिट्टै समानुपातिक सहित सम्पुर्ण उम्मेदवारहरुको सिफारिस गरि सक्ने बताएको छ। सिफारिस भएका उम्मेदवारहरुको अन्तिम निर्णय एमाले स्थायी कमिटिले गर्ने उक्त पार्टीले जनाएको छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !