७ जेष्ठ २०८१, सोमबार

नेकपा सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठक छाडेर हिँडे प्रधानमन्त्री ओली


काठमाडौं । आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबीच चर्काचर्की भएपछि ओली बैठक छाडेर हिँडेका छन् ।

बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि ओली बाहिरिएका हुन् । नेकपामा महुमत सचिवालय सदस्य एक पद एक मुख्य जिम्मेवारीलाई कार्यन्वयन गर्ने रहेपछि चर्काचर्की भएको हो । प्रधानमन्त्री ओली बाहिरिए पनि बैठक सुचारु भइरहेको छ । बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !