९ मंसिर २०८१, आइतबार

नेपाली कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति


Nepali-congress-Centre-office-Sanepa

काठमाडौँ, वैशाख २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण् एव्र देशका लागि आवश्यक दृष्टिकोण निर्माणका लागि भन्दै अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन गरेको छ । पार्टीको बैशाख १७ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले यो समिति गठन गरेको कांग्रेसले एक विज्ञप्ति प्रकाशित गरि जनाएको छ ।

पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा गठित समितिमा कांग्रेसका तर्फबाट पूर्व अर्थमन्त्री, अर्थराज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका तथा योजना आयोगका पूर्व उपाध्यक्ष सहितको १४ सदस्यीय सदस्य छन् । समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, उदय शमसेर राणा, पृथ्वीराज लिलेगल, शंकर शर्मा, जगदीशचन्द्र पोखरेल, गोविन्द पोखरेल र स्वर्णीम वाग्ले सदस्य छन् ।

समितिले अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा निर्माण गर्ने र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गने कांग्रेसले बताएको छ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !