१२ असार २०८१, बुधबार

राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन आह्वान


शीलत निवास

काठमाडौँ, वैशाख २१ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आगामी वैशाख २६ गते शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसदको दुवै सदको अधिवेशन शुरु हुनेछ ।

यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने छ ।

राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !