१२ आश्विन २०८१, शनिबार

‘कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा मतदान गर्नोस्’


असोज २, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा पूर्णरुपले सुरक्षा प्रत्याभूति गरिएकोले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

प्रदेश नम्बर–२ को निर्वाचनको पूर्वसन्ध्यामा आइतबार आयोगले पत्रकार सम्मेलन गरी प्रदेश नम्बर–२ को निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकोले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई पर्वकोरुपमा मनाउन अपिल गरे ।

उनले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले मत प्रदान गर्न सबै मतदातालाई आह्वान गरे । प्रदेश नम्बर–२ मा सोमबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि आयोगले जनाएको छ ।

सुरक्षाको पनि भरपर्दो प्रबन्ध मिलाइएको र सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित घुसपैठलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको पनि आयोगको भनाइ छ । प्रदेश–२ का ८ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !