७ मंसिर २०८१, शुक्रबार

२५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


मन्त्रिपरिषद्

१४ वैशाख, काठमाडौं । नेपाल सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिदै गरेकोले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन भोली सोमबार वैशाख १५ गते सकिदैछ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा १ साता थप्‍न मन्त्रिपरिषद्लाई सुझाव दिएको थियो ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक १ हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर अस्पतालवाट डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नुहोस्

लकडाउनबारे निर्णय गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनबारे निर्णय गर्न सकेन समितिले, निर्णय गर्ने जिम्मा दियो मन्त्रिपरिषद्लाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !