२३ भाद्र २०८१, आइतबार

प्रदेश सरकार गम्भीर भएन : नेता बानियाँ


हेटौँडा, ११ वैशाख । नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।

वाग्मती प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार र आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताउनुभयो ।

उहाँले दिनहुँ गरिब, विपन्न तथा मजदुर वर्ग पैदल हिँडेर हेटौँडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको जनाउनुभयो ।

नेता बानियाँले भन्नुभयो, “सरकारले स्वास्थ्य सुरक्षाप्रति खासै ध्यान दिएको छैन । ¥यापिड टेष्ट सम्बन्धित ठाउँमा पठाउन सकेको छैन । ” उहाँले कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अहिले वर्षात्को मौसम शुरु भएकाले त्यसबाट हुने क्षति तथा रोगहरुसमेत बढ्ने भएकाले त्यसतर्फ पनि सरकार गम्भीर हुन नेता बानियाँले आग्रह गर्नुभयो । अहिले हेटौडा राजधानीमा राहत लिन वडा कार्यालयमा गरिब विपन्न तथा मजदुर दैनिक जाने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु