१८ असार २०८१, मंगलबार

हामी कांग्रेस, एमालेका नेताजस्तो बोल्ने एउटा, गर्ने अर्का होइनौं : बाबुराम


Baburam Bhattrai

भदौ २८, लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसलाई समृद्ध र मधेसीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचार–प्रसारकोक्रममा सिरहा आइपुगेका संयोजक डा. भट्टराईले बुधबार आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेस र मधेसीलाई अधिकारसम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

‘हामी जे बोल्छौं, त्यही गर्छौं’–उनले भने–‘हामी कांग्रेस, एमालेका नेताजस्तो बोल्ने एउटा, गर्ने अर्काे होइनौं, जे बोल्छौं, त्यो गरेरै छाड्छौं ।’ मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्नसकेमात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !