१५ असार २०८१, शनिबार

जनताको जीवन रक्षा गर्ने बेलामा ओली सरकार फोहरी खेलमा लाग्यो : नेता महतो


Rajendra-mahto

८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले ओली सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् । नेता महतोले अध्यादेश पूरा नहुनेसमेत बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश ल्याएपछि महतोले भने, “राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन । सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको छ ।”

जनताको जीवन रक्षा गर्ने बेलामा सरकार फोहरी खेलमा लागेको महतोले आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !