२ वैशाख, काठमाडौं । नेपाल सरकारले २ जना सह-सचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन समूहका अर्जुन पोखरेल र इन्जिनियरिङ समूहका सागर राईलाई सचिवमा बढुवा गरेको हो ।सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले २ जना सहसचिवहरुलाई सचिवमा बढुवा गर्दै पदस्थापन गरिएको जानकारी दिएका छन् ।
सचिवमा बढुवा भएका पोखरेलको प्रदेश २ सचिवमा पदस्थापन गरिएको छ भने त्यहाँ सचिवका रूपमा कार्यरत रामकृष्ण सुवेदीलाई भने सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ । त्यस्तै, इन्जिनियरिङ समूहबाट सचिवमा बढुवा भएका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।