१६ असार २०८१, आइतबार

नेपाल बिद्यार्थी संघले आफ्नै पार्टीका शिक्षा मन्त्रीको पुत्ला जलायो


नेपाल बिद्यार्थी संघले आफ्नै पार्टीका शिक्षा मन्त्रीको पुत्ला जलायो

भाद्र २३२०७४काठमाडौ । नेपाल बिद्यार्थी संघ त्रिबिले शिक्षा दिबसको अबसरमा आफ्नै पार्टीका शिक्षा मन्त्रीको पुत्ला जलाएको छ । शिक्षा ऐन नबौ संसाधनको खारेजीको माग गर्दै कोण सभा तथा जुलुसमा ब्यापक बिद्यार्थीको सहभागितामा भएको थियो ।

अन्दोलनको नेतृत्व मन्त्री गोपालमान श्रेष्ठकै दल काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले गरेको छ । समितिका अध्यक्ष श्यामचन्द्र अधिकारीले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएर शिक्षा शास्त्र पढिरहेका विद्यार्थीलाई बेरोजगार बनाउने षड्यन्त्र गरेको आरोप लगाउँदै शिक्षा ऐनको नवौं संशोधनको विरुद्धमा उत्रिनु परेको बताए ।

‘नवौं संशोधनले वर्षौंदेखि अस्थायी भएर अध्यापन गरिरहेका शिक्षकलाई लाभ भए पनि मिहिनेत र परिश्रम गरी शिक्षक बन्ने धोको बोकेका हजारौं विद्यार्थी माथि अन्याय हुने भएको छ,’ अधिकारीले भने, ‘आठौं संशोधनमा व्यवस्था भए अनुसार गोल्डेन ह्याण्डसेक लिएर शिक्षण गर्न नचाहेकालाई समेत शिक्षक बनाउने विधेयक विरुद्ध हामी आन्दोलित भएका हौं ।’

पुत्ला जलायो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !