१२ असार २०८१, बुधबार

चीनका लागि नेपाली राजदूत पौडेललाई बोलाइयो फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस


लीलामणि पौडेल र महेन्द्रबहादुर पाण्डे

१८ फागुन, काठमाडौं । नेपाल सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदुत नियुक्त भएका थिए ।

आज आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी-कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !