७ मंसिर २०८१, शुक्रबार

मिश्र र उपाध्यायलाई कारबाही गर्न लेखा समितिको निर्देशन


लेखा समिति

८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ । समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक संजाल फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन् । उनले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए ।

यस्तो थियो उपाध्यायको फेसबुक स्टाटस

उपाध्यायको फेसबुक स्टाटस
उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए । त्यस्तै, एउटा स्विस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएकोमा सांसदहरूले आपत्ति जनाएका थिए ।

निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो रेकर्ड गरी सार्वजनिक गरेका मिश्रले समितिले जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्राउ गरी अनुसन्धान गर्न भनिएको हो ।

समिति सभापति भरतकुमार शाहले संसदीय समिति र सांसदहरूकोको अपमान भएकाले उपाध्याय र मिश्रलाई कारबाही गर्न चिठी लेख्‍न निर्देशन दिएका थिए। समितिको बिहीबार बसेको बैठकले प्रभातकिशोर उपाध्याय र विजयप्रकाश मिश्रलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको हो ।

यस्तो छ लेखा समितिको निर्देशन

लेखा समितिको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !