१२ असार २०८१, बुधबार

स्वीस दूतावासले भन्यो, ”सञ्चार मन्त्रीलाई भेट्ने कुनै योजना थिएन र छैन”


स्वीस दूतावास नेपाल

८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीस दूतावासले चासो देखाएको छ । दूतावासले निर्वतमान सञ्चार मन्त्री बाँस्कोटासँग सेक्युरिटी प्रेसका बारेमा कुरा गर्न कुनै भेटवार्ता नभएको बताएको छ । बुधबार सेक्युरिटी प्रेस मेसिन खरिद गर्न स्वीस कम्पनीसँग ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजनीमा दिइसकेका छन् ।

दूताबासले यसबारे विहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’ प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय प्रकाश मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्य मार्फत एम्बेसीले खण्डन गरेको हो । सोही अडियोलाई लिएर समाचारहरु प्रकाशित भएपछि काठमाडौंस्थित स्वीस दूतावासले प्रेस विज्ञप्ती प्रकाशन गरेर त्यसको खण्डन गरेको छ ।

यस्तो छ प्रेस विज्ञप्ती :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !