७ मंसिर २०८१, शुक्रबार

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानुनमन्त्री उपहार


शिवमाया तुम्बाहाम्फे

फागुन ५, काठमाडौँ । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । उनलाई आज सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो । उनले उही माघ ६ गते प्रतिनिधि सभाको उससुभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

संसद सचिवालयकै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । एउटै पार्टीबाट सभामुख र उप सभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ।

पहिले राजीनामा नदिने आफैं समामुख बन्ने अडान राख्दै आएकी उनले पार्टीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् । तुम्बाहाङ्फेले पनि आफूले अवसर पाए सभामुखको हैसियतमा भूमिका निर्वाह गर्नसक्ने बताउँदै आएकी थिइन् ।

शिवमायाको दाबी सभामुखका लागि भएपनि ओली र प्रचण्ड दोस्रो व्यक्तिलाई सभामुख बनाउन चाहने भएकाले तुम्बाहाङ्फेलाई अरू कुनै जिम्मेवारी दिएर मनाउने प्रयासमा लागेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने तुम्बाहाङ्फेलाई उपसभामुखवाट राजीनामा गर्न लगाएर नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाङ्फेलाई कानुनमन्त्री उपहार दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !