४ जेष्ठ २०८१, शुक्रबार

मन्त्रीहरुको गुनासो : प्रधानमन्त्री मालिक, हामी नोकरजस्तै भयौँ


प्रधानमन्त्री

माघ २१, काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको कान्तिपुर दैनिकमा समाचार छ । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’

उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरु सबैको एजेन्डामाथि रुखो ढङ्गले केरकार गर्छन् । अरुका कुरा कम सुन्छन् र आफ्ना धारणा धेरै राख्छन् । ‘कतिसम्म भने उहाँ आफ्नै विश्वासमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रपति प्रदीप ज्ञवालीको कुरा पनि राम्रोसँग सुन्नुहुन्न, ’ ती मन्त्रीले भने, ‘उहाँहरुको एजेन्डामा समेत अति सोधपुछ गरेको देखेर हामी छक्कै पर्छौं ।’

ओली मन्त्रीहरुसँग मात्रै होइन सचिवहरुसँग पनि कडा मिजासमा प्रस्तुत हुन्छन् । ओलीको शैलीकै कारण पनि उनीसँग रुष्ट हुनेको सङ्ख्या धेरै रहेको टिप्पणी मन्त्रीहरु गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !