१३ आश्विन २०८१, आइतबार

राष्ट्रियसभाको निर्वाचनका लागि प्रवक्ता श्रेष्ठ र न्यौपानेद्वारा उम्मेदवारी दर्ता


नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेत्री भगवती न्यौपानेले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुग्नुभएका श्रेष्ठ र न्यौपानेले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । श्रेष्ठका प्रस्तावकमा रामशरण बस्नेत तथा समर्थकमा डिलमाया रोक्का हुनुहुन्छ । त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु