१३ आश्विन २०८१, आइतबार

राजीनामा दिएको पाँच दिनपछि गृह मन्त्रालय फर्किए उपप्रम निधि


Bimalendra-Nidhi

काठमाडौं : प्रधान्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गर्दा आफूसँग सल्लाह नगरिएको भन्दै प्रधानमन्त्रीलाई राजीनामा पत्र पठाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि पाँच दिनपछि पुरानै हैसियतमा गृहमन्त्रलय फर्किएका छन्।

राजीनामा दिएका अर्का उपप्रधानमन्त्री कमल थापा र उनका मन्त्रीहरुको राजीनामा पनि प्रधानन्त्रीले स्वीकृत गरिसकेका छैनन्।

आइतबार राजिनामा दिएका निधि पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त आग्रहपछि पुनः जिम्मेवारीमा फर्किएका हुन्।

निधिले राजिनामा दिएपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, शहरी विकास मन्त्री अर्जुननरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री बालकृष्ण खाँडको निरन्तरको प्रयासपछि सभापति शेरबहादुर देउवा र निधिबीच कुराकानी गराउन सफल भएका थिए।

देउवाले महाअभियोग प्रस्ताव दर्ता गर्दा विविध कारणले सल्लाह गर्न सम्भव नभएको र बाँकी कुनै पनि विषय विमतियोग्य नभएको भन्दै आफूले यसबीचमा भएका कुनै पनि विषयलाई नराम्रो रुपमा नलिएको भन्दै पुरानो जिम्मेवारी सम्हालेर देश र पार्टीको हितमा लाग्न सभापति देउवाले आग्रह गरेको दुई बीच कुराकानी गराउन सक्रिय एक नेताले बताए।

कांग्रेस नेताहरुले मधेसीसमेत रहेका नेता निधिले सरकार छोड्दा गलत सन्देश जाने भन्दै जिम्मेवारीमा फर्काउन सभापति देउवालाई दवाव दिएका थिए। देउवा निकटका विश्वासपात्रहरु निधिलाई फर्काउन लागेपछि देउवाले भेटाउन आग्रह गरेका थिए।

गृहमन्त्री निधिका संचार विज्ञ रामजी दाहालले निधि आजैदेखि जिम्मेवारीमा फर्किसकेको पुष्टि गरे।

‘बिहान बालुवाटारमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री निधिबीच कुराकानी भयो,’ प्रेसविज्ञ दाहालले भने, ‘प्रधानमन्त्री र सभापति दुवै जनाले पुरानो जिम्मेवारीमा फर्कन र विभागीय जिम्मेवारी स्वतन्त्र रुपमा सम्पादन आग्रह गरेपछि उहाँ जिम्मेवारीमा फर्कन सहमत हुनुभयो।’

निधि गृहमन्त्रीकै हैसियतमा आजै जनकपुर जाँदैछन्। दिउँसो जनकपुर जादै गरेका निधि भोलि मात्र जनकपुरबाट काठमाडौं फर्कँदैछन्।
जनकपुरमा हुने एक महोत्सव उद्घाटन गरे निधि पार्टीका नेताहरुसँग समेत छलफलमा सहभागी हुनेछ। त्यसपछि निधि भोलि काठमाडौं फर्कने छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !