१३ आश्विन २०८१, आइतबार

समर्थन फिर्ता लिदै राप्रपा सरकारबाट बाहिरियो


Kamal-Thapa

सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ।

सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए।

सोमबार दोश्रोपटक बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

स्थानीय चुनाव र संविधान संशोधनलाई सफल बनाउन सहयोग गर्ने तर महाभियोगविरुद्ध उभिने निर्णय गरेको मन्त्री बोहराले बताए।

बहुमत

महाभियोग लगाउन दुई तिहाई आवश्यक पर्छ।

एमालेसँग राप्रपा पनि विपक्षमा उभिएपछि महाभियोग पारित गराउन आवश्यक दुई तिहाई बहुमत नपुग्ने स्पष्ट देखिएको छ।
यसअघि बीबीसीसँग आइतबार राति कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफूहरु सरकार छाड्ने मनस्थितिमा पुगेको बताएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !