१२ पुस, दमौली । शहरी विकास मन्त्रालयले नयाँ शहरी आयोजनालाई बजेट अभाव नहुने जनाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तनहुँको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाभित्र रहकोे डुमे-भन्सार नयाँ शहर आयोजना कार्यालयको आज निरीक्षण गर्दै नयाँ संरचना निर्माणमा बजेटको अभाव नहुने बताउनुभयो ।
सांसद कृष्णकुमार श्रेष्ठले नयाँ शहर आयोजना कार्यान्वयनमा आइपर्ने समस्या समाधान गरिने जानकारी दिनुभयो । कार्यालयका निमित्त प्रमुख सफल श्रेष्ठले कार्यालय कामका बारेमा जानकारी गराउनुभएको थियो । (रासस)