१४ असार २०८१, शुक्रबार

‘प्रधानाध्यापक’ छोडेर चुनाव उठ्ने तयारीमा शाही


nardeep-shahi

कालिकोट – स्थानीय निकायको चुनावको मिति नजिकिदै गर्दा कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा चुनावी माहोल तात्न थालेको छ। ठुला दलहरूले बैशाखको पहिलो हप्ता सम्ममा उम्मेद्बारी तय गर्ने भनिएपनी उम्मेदवार बन्न इच्छुक धेरै भएपछी सबै आकांक्षिले टिकेट आफुले नै पाउने दावी गर्दै भित्र-भित्र चुनाव प्रचारमा लागिसकेका छन्।

एकीकृत माओवादीले संविधान सभाको चुनावको बेला पाएको मतको आधारमा तिलागुफा नगरपालिकामा आफ्नो पार्टीले जित्ने दावी गरिरहेको छ। पार्टीबाट दिनेश चवारा र रतन शाही आकांक्षी देखिएका छन् ।

कांग्रेसमा युवा व्यापारी शंकर उपाध्याय लाई पार्टी ले टिकट दिनु पर्छ भनेर नेपाली काङ्ग्रेसका एकथरी कार्यकर्ताहरु लागी परेका छन भने अर्काथरी कार्यकर्ता मनराज शाहीले टिकट पाउनु पर्ने दाबी गरिरहेका छन् । नगरपालिकाको सबै वडामा इकाई समिती र तरुण दल इकाई समिति रहेकाले पनि आफ्नो दल सफल हुने काङ्ग्रेसले ठानेको छ ।

एमालेमा ३ जना मेयरका आकांक्षी देखिएका छन । जस अन्तर्गत ऐन बहादुर शाही, अलि शाही तथा कल बहादुर शाहि रहेका छन् ।दलहरुबिच समीकरण नभएको खण्डमा तिलागुफाको मेयर आफुले जित्ने दाबी नेकपा एमालेले गरेको छ ।

अर्को प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी राम्रो उम्मेदवार उठाउन सकेमा तिनै दललाई पाखा लगाउन सक्नेमा आशावादी देखिन्छ ।पार्टीले महादेव मा.वि. मा अध्यापन गराइरहेका प्रधानाध्यापक नरदिप शाही लाई अघि सारेको छ।

विगत ८ वर्ष देखि शिक्षाको क्षेत्रमा सेवा गरिरहेका शाहीले आफ्नो सेवाको दायरा अझ फराकिलो बनाउन चाहेका छन् यतिबेला । उनले यस अघिको स्थानीय चुनावमा पनि जम्मा ७ मत ले पराजय भोगेका थिए । तर अहिलेको चुनावमा त्यसो नहुने उनि बताउछन । उनि भन्छन – ‘स्थानीय तहको चुनाव भनेको पार्टीभन्दा व्याक्तिलाइ हेरिने चुनाव हो । अत: स्थानीय चुनावमा हाम्रो होइन राम्रो मान्छेलाई भोट दिनुपर्छ’, त्यसैले म आशावादी छु कि नतिजा पक्कै पनि मेरै ‘पोल्टो’ मा आउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !