१७ असार २०८१, सोमबार

उपेन्द्र यादवले बुझाए राजीनामा


Upendra Yadav

८ पुस, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीवाट आज राजीनामा दिएका छन् । समाजवादी पार्टीको मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेसँगै यादवले राजीनामा दिएका हुन् ।

सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरेपछि यादव यो निर्णय लिन वाध्य भएका हुन् । उनले पार्टीको पनि धेरै दवाव सहदै आएका थिए । मन्त्रिपरिषद् पुनर्गठनवाट उपेन्द्रलाई स्वास्थ्य मन्त्रालयवाट प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !